Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

न्यून व्यान्डविथ Invert Color A- A A+

स्वतः प्रकाशन 2075-09-15

दैलेख जिल्लाको संक्षिप्त परिचय र नामाकरण

दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने एक पहाडी जिल्ला हो । यस जिल्लाको नाम दैलेख कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किवंदन्तीहरु प्रचलित छन । पैराणिक कालमा दधिचि नाम गरेका एक जना श्रषिले यस क्षेत्रमा तपश्या गरी बसेकाले उनै श्रर्षिको नामबाट दधिचि लेक भन्न थालिएको र कालान्तरमा त्यहि नाम अप्रभंश हुदै दैलेख रहन गएको भन्ने एक कथन छ । अर्का जनश्रुति अनुसार पैराणिक कालमा यो क्षेत्रमा देवताहरुको वासस्थान भएकाले देवलेक बाट दैलेख हुन पुगेको हो भन्ने भनाई छ । यसै गरी अर्का एक पैराणिक कथन अनुसार प्राचिन समयमा ठुलो बन क्षेत्र भएको र यहाँका लेकहरुमा ठुलो संख्यामा गाई भैसी पाल्ने र प्रसस्त मात्रामा दुध दही पाईने हुनाले यसको नाम दहिलेक भएको र समय अन्तरालमा यस नामको अपभ्रंश हुदै दैलेख रहन गएको हो भन्ने पनि गरिन्छ ।

प्राचिन र मध्यकालिन समयमा हालको दैलेख जिल्ला दुल्लु र बेलासपुर गरी दुई राज्यमा  विभाजित थियो र इ.सं.१७८९ मा नेपाल एकिकरण अभियानको शिलशिलामा बहादुर शाहवाट यी दुई राज्यहरुको एकिकरण गरेको तथ्य एतिहासिक बर्णनहरुमा पाईन्छ । दैलेख जिल्ला सदरमुकाम स्थित पुरानो बजारमा रहेका ठुल्ठुला कुदिएका पत्थरहरुले बनेको प्रसिद्ध कोतगढी युद्ध किल्लाको रुपमा निर्माण गरिएको विश्वास गरिन्छ भने विभिन्न स्थानमा रहेका मन्दिर देवल कीर्तिखम्बा शिलालेख आदिले यहाँको ऐतिहासिक जानकारी आफै दिइरहेका छन ।

भैगोलिक अवस्थिती

दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने भेरी अञ्चलका पाँच जिल्लाहरु मध्ये क्षेत्रफलका दष्टिकोणले सवैभन्दा सानो र महाभारत पर्वत श्रृंखलाको उत्तरमा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो । प्राचिन काल देखि नै पवित्र भुमिका रुपमा चिनिएको दैलेख जिल्लाको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर सुर्खेतबाट ६८ कि.मी. र राजधानी काठमाडैबाट करीव ६५० कि.मी. टाढा रहेको छ । यस जिल्लाको सदरमुकाम दैलेख बजार हो । राजनीतिक रुपमा यस जिल्लालाई २ निर्वाचन क्षेत्र ११ स्थानिय तहमा विभाजन गरिएको छ ।

सिमाना

पुर्व                जाजरकोट

पश्चिम             अछाम

उतर               कालिकोट

दक्षिण              सुर्खेत

अक्षांश              २८.३५ देखि २९.८ उत्तर

देशान्तर             ८१.२५ देखि ८१.५३ पुर्व

भौगोलिक अवस्थिति

  • अक्षांस: २८.३५ डिग्री देखि २९.८ डिग्री उत्तर
  • देशान्तर: ८१.२५ डिग्री  देखि ८१.५३ डिग्री पूर्वमा
  • सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
  • क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
  • होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
  • अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)

 भूगोल

राजनैतिक हिसावले यस जिल्लालाई ५५ गा.वि.स., १ नगरपालिका, २ निर्वाचन क्षेत्र र ११ वटा इलाकाहरूमा विभाजित गरिएको छ:- नदी तटदेखि हिमालयसम्म फैलिएको यहाँको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ ।

  • नदी निर्मित तट (५४४–१०००मि.),
  • मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
  • महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)

यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन् । मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसंख्या एवं बस्ती केन्द्रित छ ।

समुन्द्र सतहदेखि उचाई

आसत उचाई १४४८ मि.देवकोटा चाक दैलेख बजार सदरमुकाम

न्युनतम उचाई ५४४ मि. तल्लो डुंगेश्वर कर्णाली नदी किनार

अधिकतम उचाई ४१६८ मि. महावुलेक उत्तरी सिमाना

औषत तापक्रम

अधिकतम              ३४ डिग्री सेल्सियस

न्युनतम               ५ डिग्री सेल्सियस

वार्षिक वर्षा            १७०० मि.मि. जलवायु

उपोष्ण                ५४४ देखि १२०० मिटर

समशितोष्ण             १२०० देखि १८०० मिटरसम्म

शितोष्ण                १८०० देखि २३०० मिटरसम्म

जिल्लाको जनसंख्या २०६८ जनगणना अनुसार

कुल जनसंख्या           २६१७७० जना

महिला                  १३४७८० जना ‍५१.४९ प्रतिशत

पुरुष                    १२६९९०  जना ४८.५१ प्रतिशत

घरधुरी संख्या             ४८९१९

औषत परिवार संख्या       ५.३६

जनघनत्व                १७३.९३ वर्ग कि.मी.

राजनैतिक विभाजन

विकास क्षेत्र                मध्यपश्चिमाञ्चल

अञ्चल                    भेरी

सदरमुकाम                  दैलेख बजार

निर्वाचन क्षेत्र                २

नगरपालिका                ४ नारायण दुल्लु चामुण्डा विन्द्रासैनी आठवीस

गाउँपालिका                 ७ गुराँस नैमुले ठाटीँकाधँ भगवतीमाई डुंगेश्वर महावु भैरवी

प्रमुख जनजाति २०६८ जनगणना अनुसार

क्षेत्री                ३४.८ प्रतिशत

कामी               १५.३३ प्रतिशत

ठकुरी               १४ प्रतिशत

ब्राह्मण             १२ प्रतिशत

मगर               ९.८७ प्रतिशत

दमाई               ४.४५ प्रतिशत

सार्की                २.७५ प्रतिशत

सन्यासी              १.६१ प्रतिशत

सुनार                १.५८ प्रतिशत

गुरुङग               १.४३ प्रतिशत

प्रमुख भाषा २०६८ जनगणना अनुसार

नेपाली               ९८.९८ प्रतिशत

गुरुङग र मगर        ०.४६ प्रतिशत

अन्य                ०.५६ प्रतिशत

प्रमुख धर्म २०६८ जनगणना अनुसार

हिन्दु                 ९८.३२ प्रतिशत

बैद्ध                   १.४५ प्रतिशत

इस्लाम                ०.०८ प्रतिशत

अन्य                 ०.१५ प्रतिशत

नेपालमा सुचनाको हक सम्बन्धी ऐन वि.सं.२०६४ भाद्र ३ गते देखि लागु भएको १० वर्ष पुरा भएको छ । यसै सन्दर्भमा सुचनाको हक सम्बन्धी हक सम्बन्धी ऐन २०६४ र सुचनाको हक सम्बन्धी नियमावली २०६५ अनुसार यस कार्यालयवाट प्रदान गरिएको सार्थक सुचनामा सर्वसाधारण नागरिकको हक सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय दैलेख प्रतिवद्धता व्यक्त गर्दछ ।

२. जिल्ला प्रशासन कार्यालयको स्वरुप र प्रकृति

नेपालमा २००७ सालको राजनीतिक परिवर्तन पश्चात देशको आन्तरिक कार्यको व्यवस्थापन हेर्ने गरी नेपालमा २००७ सालमा गृह मन्त्रालय स्थापना भयो । वि.सं.२०१७ सालको परिवर्तन पछि गृह मन्त्रालयको नाम परिवर्तन गरी गृह पञ्चायत मन्त्रालय बनाइयो । वि.सं. २०१८ सालमा नेपाललाई १४ अंचल ७५ जिल्लामा विभाजन गरी अञ्चलाधिश

 र प्रमुख जिल्ला अधिकारीको व्यवस्था भयो । स्थानिय प्रशासन ऐन २०२८ प्रारम्भ भएपछि अञ्चलाधिश र प्रमुख जिल्ला अधिकारीको काम कर्तव्य र अधिकार कानुनी रुपमा व्यवस्थित गरियो । वि.सं.२०३७ सालमा गृह मन्त्रालयबाट गठन भएपनि गृह मन्त्रालयको मुख्य कार्यभार शान्ति सुव्यवस्था र स्थानिय प्रशासन भयो ।

 मुलुकमा सार्वभैम अखण्ड शान्त समुन्नत शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य कार्य हो । गृह प्रशासनलाई सवल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभुति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्ने पहिले ७५ वटा जिल्ला प्रशासन कार्यालय र ती कार्यालयको काम कारवाहीलाई रेखदेख र नियन्त्रण गर्न १४ वटा अञ्चलाधिश कार्यालय रहेकोमा २०४६ सालको परिवर्तनपछि अञ्चलाधिश कार्यालय खारेज भए । अञ्चलाधिश कार्यालय खारेजपछि जिल्ला र केन्द्र बीच सन्तुलन कायम गर्न समन्वय र रेखदेख नियन्त्रण गरी शान्ति सुरक्षा लगायत सेवा प्रवाहलाई नजिकबाट अनुगमन गर्न क्षेत्रीय तहको प्रशासनिक निकाय आवश्यक ठानी गृह मन्त्रालय अन्तर्गत ५ वटा क्षेत्रमा मित २०५८।०५।०६ देखि क्षेत्रीय प्रशासन कार्यालय स्थापना भएकोमा हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत क्षेत्रीय प्रशासन कार्यालयलाई राखि गृह मन्त्रालयको समन्वयमा सुरक्षा सम्बन्धी कार्य गर्ने प्रबन्ध मिलाईएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखको संगठन संरचना

३. जिल्ला प्रशासन कार्यालको काम कर्तव्य र अधिकार

जिल्ला प्रशासन कार्यालय स्थानीय प्रशासन ऐन २०२८ को दफा ५ बमोजिम स्थापित सरकारी कार्यालय हो । जिल्लाको सामान्य प्रशासन संचालन गर्न जिल्ला प्रशासन कार्यालयको प्रमुख अधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । प्रचलित नेपाल कानुन नेपाल सरकारको नीति तथा निर्देशनको अधिनमा रही प्रजिअले नेपाल सरकारको प्रतिनीधिको रुपमा काम गर्ने व्यवस्था ऐनमा उल्लेख छ । संवैधानिक निकाय र रक्षासम्बन्धी कार्यालयहरु बाहेकका कार्यालयहरु जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष निगरानी तथा रेखदेखमा रहने कार्यालयहरु हुन ।

नेपालको संविधानले निर्देशित गरे बमोजिम राज्य संचालनको मार्ग निर्देशनको रुपमा रहेका राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व र संविधानका समग्र व्यवस्थाहरुको अधिनमा रही जनताको जिउ धन र व्यक्तिगत स्वतन्त्रता लगायत राज्यले लिएका अन्य आर्थिक सामाजिक उद्धेश्य पुरा गर्न मुलुकमा शान्ति सुरक्षा कायम गरी सर्वसाधारण जनताले आफ्नो हक अधिकार निर्वाध उपभोग गर्न सक्ने वातावरण तयार गर्न सक्नु यस कार्यालयको मुख्य जिम्मेवारी हो । यसै सन्दर्भमा यस कार्यालयबाट प्रदान गरिने काम कर्तव्य अधिकार निम्न बमोजिम रहेका छ्न

३.१ उद्धेश्य

  • जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम राख्नु
  • जिल्लामा सुशासनको प्रत्याभुति गराउन
  • जिल्लास्थित कार्यालयहरुबीचको समन्वय स्थापना गर्न
  • मानव अधिकारको संरक्षण गर्न
  • उपभोक्ता हकहितको संरक्षण गर्न
  • जिल्लामा वस्तु वा सेवाको आपुर्ति व्यवस्था मिलाउन

३.२ कार्यहरु

३.२.१ सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने कार्यहरु

  • नागरिकता प्रमाण पत्र वितरण
  • राहदानी वितरण
  • संस्था दर्ता
  • विवाह दर्ता
  • धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी
  • पत्रपत्रिका दर्ता
  • उपभोक्ता संरक्षण तथा आपुर्ति व्यवस्था
  • शान्ति सुरक्षासँग सम्बन्धित उजुरी वा निवेदन
  • भ्रष्टाचार अनियमितता र गुनासाहरु
  • अर्धन्यायिक कार्यहरु
  • मुआव्जा र क्षतिपुर्ति सम्बन्धी
  • हातहतियार तथा खरखजानासम्बन्धी
  • नावालक परिचयपत्र
  • विपद व्यवस्थापन
  • विदेशमा काम गर्ने नेपालीहरुको विवरण प्रमाणित गर्ने सम्बन्धी
  • शैक्षिक योग्यता प्रमाणपत्रमा उमेर नाम वा जात सच्याउने ।
  • नाता प्रमाणित

३.२.२ प्रमुख जिल्ला अधिकारी एवम जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित कार्यहरु

  • शान्ति सुरक्षा सम्बन्धी
  • कारागार प्रशासन सम्बन्धी
  • प्रहरी प्रशासन सम्बन्धी
  • यातायात व्यवस्थापन सम्बन्धी
  • लागु औषध नियन्त्रण सम्बन्धी
  • विष्फोटक पदार्थ सम्बन्धी
  • चिठा चन्दा जुवा नियन्त्रण सम्बन्धी
  • निर्वाचन सम्बन्धी
  • मानव अधिकार संरक्षण सम्बन्धी
  • नावालक तथा असहाय बालबालिका वृद्धवृद्धा तथा अपांगहरुको संरक्षण सम्बन्धी
  • सरकारी कार्यालयहरुको निरीक्षण
  • जिल्ला स्थित प्रख्यात र कुख्यात व्यक्तिहरुको अभिलेख राख्ने
  • मदिरा नियन्त्रण सम्बन्धी काम
  • विकास आयोजनको रेखदेख समन्वय र सहयोग
  • ज्याल दररेट निर्धारण
  • राजनैतिक दलहरु सम्बन्धी
  • नेपाल सरकारको प्रतिनिधित्व गर्ने
  • डिस्टिक प्रोफाइल तयार गर्ने
  • उत्सव मेला तथा जात्राहरुको व्यवस्थापन
  • जिल्लामा घटेका घटनाहरुको अभिलेख तयार गर्ने
  • अति विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था
  • सार्वजनिक सम्पतिको संरक्षण तथा मर्मत सम्भार
  • कल्याण धन सम्बन्धमा
  • कर्मचारी सरुवा गर्ने
  • नेपाल सरकारले तोकिदिए बमोजिम अन्य कार्यहरु

४. यस कार्यालयका कर्मचारी विवरण

क्र.सं.

पद

श्रेणी

दरवन्दी

कैफियत

प्र.जि.अ.

रा.प.द्धितीय

 

२.

स.प्र.जि.अ.

रा.प.तृतीय

 

३.

ना.सु.

रा.प.अनं.प्रथम

 

४.

लेखापाल

रा.प.अनं.प्रथम

 

५.

क.अ.

 रा.प.अनं.प्रथम

 

६.

खरिदार

रा.प.अनं.द्धितीय

 

७.

स.क.अ.

रा.प.अनं.द्धितीय

 

८.

टाइपिष्ट ना.सु.

रा.प.अनं.प्रथम

 

९.

का.स.

श्रेणीविहिन

 

५. प्र.जि.अ. र स.प्र.जि.अ. पदेन रहने जिल्लाका समितिहरु

क.प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिहरु

क्र‍.सं.

सरकारी कार्यालय वा निकायको नाम

समिती/उपसमिती

सम्बन्धित एेन नियम कानुन

कैफियत

1.

जिल्ला प्रशासन कार्यालय

सुरक्षा समिति

स्थानिय प्रशासन एेन २०२८

अध्यक्ष

2.

जिल्ला प्रशासन कार्यालय

दैवी प्रकोप उद्धार समिती

दैवी प्रकोप उद्धार एेन २०३९

अध्यक्ष

3.

जिल्ला प्रशासन कार्यालय

घर भाडा दर निर्धारण समिती

सार्वजनिक खरीद  नियमावली २०६४ को नियम ९४.४

अध्यक्ष

4.

मालपोत

जग्गाको न्युनतम मुल्यांकन समिती

मालपोत पाचैा संशोधन नियमावली २०७१

अध्यक्ष

5.

मालपोत

स्थानिय सिफारिस समिती

भोगाधिकार सम्बन्धि निर्देशिका २०६२

अध्यक्ष

6.

घरेलु तथा साना उधोग विकास समिती

जिल्ला उधोग प्रवधन समन्वय समिती

कार्यालयको कार्यक्रम संचालन निर्देशिका २०५८ बमोजिम

अध्यक्ष

7.

जिल्ला प्राविधिक कार्यालय

दररेट निर्धारण समिती

सार्वजिनक खरिद नियमावली २०६४ को नियम १४८ को १

अध्यक्ष

8.

जिल्ला प्राविधिक कार्यालय

जिल्ला पुन.निर्माण समिती

द्धन्द्धवाट क्षति भएको भैातिक पुर्वाधारहरुको पुन निर्माण पुनस्थापना तथा शान्तिका लागि विकास क्रार्यत्रम संचालन कार्यविधी २०६९

संयोजक

9.

जिल्ला वन कार्यालय

राष्टि‌य वनको सीमा निर्धारण एवं जग्गा प्राप्ति सम्बन्धि समिती

वन एेन २०४९ को ९

संयोजक

10.

जिल्ला वन कार्यालय

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदल

वन अधिक्रमण रणनीति २०६८ को वुधा नं.५.३.३

संयोजक

11.

घरेलु तथा साना उधोग विकास समिती

जिल्ला उधोग प्रवधन समन्वय समिती

कार्यालयको कार्यक्रम संचालन निर्देशिका २०५८ बमोजिम

सदस्य

12.

जिल्ला वन कार्यालय

रासन खरिद लागत अनुमान समिती

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८८

अध्यक्ष संयोजक

13.

जिल्ला वन कार्यालय

दररेट निर्धारण समिती

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८८

अध्यक्ष संयोजक

14.

जिल्ला पशु सेवा कार्यालय

जिल्ला बर्डफुलु नियन्त्रण प्राविधिक समिती

दैवी प्रकोप तथा पशु सेवा एेन २०३९

अध्यक्ष संयोजक

15.

जिल्ला पशु सेवा कार्यालय

पशु स्वास्थ्य घुम्तीकोष व्यवस्थापन

समिती पशु स्वास्थ्य तथा पशु सेवा एेन २०५५

अध्यक्ष संयोजक

16.

नापी गोश्वरा नापी कार्यालय

नापनक्शा समस्या तथा समाधान समिती

जग्गा नापजाँच एेन २०१९ को नियम ११ ख

अध्यक्ष संयोजक

17.

नापी गोश्वरा नापी कार्यालय

सिमा विवाद समाधान समिती

जग्गा नापजाँच नियमावली २०५८ को नियम ८.३ बमोजिम

अध्यक्ष संयोजक

18.

नापी गोश्वरा नापी कार्यालय

जग्गा किसिम बर्गीकरण समिती

जग्गा नापजाँच नियमावली २०५८ को नियम २०.२ बमोजिम

अध्यक्ष संयोजक

19.

जिल्ला वाल कल्याण समिती

जिल्ला वाल कल्याण समिती

वालवालिका सम्बन्धि एेन २०४८ दफा ३२.२

अध्यक्ष संयोजक

20.

जिल्ला शिक्षा कार्यालय

द्धन्द्ध पिडित छात्रावृत्ति सिफारिस समिती

द्धन्द्ध पिडित छात्रावृत्ति निर्देशिका

अध्यक्ष

21.

जिल्ला शिक्षा कार्यालय

प्रमाणपत्र छानविन समिती

शिक्षा एेन तथ नियमावली

अध्यक्ष

22.

जिल्ला शिक्षा कार्यालय

माध्यामिक शिक्षा उत्तिर्ण परीक्षा समन्वय समिती

शिक्षा एेन तथ नियमावली

अध्यक्ष

23.

जिल्ला शिक्षा कार्यालय

विद्यालय सम्पत्ति सुरक्षा समिती

शिक्षा एेन तथ नियमावली

अध्यक्ष

24.

जिल्ला शिक्षा कार्यालय

छात्रवृत्ति सिफारिस समिती

शिक्षा एेन तथ नियमावली

अध्यक्ष

25.

जिल्ला शिक्षा कार्यालय

जिल्ला कार्यक्रम व्यवस्थापन समिती

शिक्षा एेन तथ नियमावली

अध्यक्ष

26.

जिल्ला निर्वाचन कार्यालय

जिल्ला कार्यक्रम व्यवस्थापन समिती

मतदाता नामावली सम्बन्धि एेन २०५२

अध्यक्ष

27.

महिला तथा वालवालिका कार्यालय

मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला कार्यक्रम कार्यान्वयन समिती

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण एेन २०६४ तथा नियमावली २०६७

अध्यक्ष

28.

महिला तथा वालवालिका कार्यालय

लैगीक हिसां पिडितलाई राहत तथा आर्थिक सहयोग उपलब्ध समिती

लैंगीक हिसां निवारण कोष नियमावली २०६७

अध्यक्ष

29.

महिला तथा वालवालिका कार्यालय

जेष्ठ नागरिक स्वास्थ्य उपचार सेवा कार्यक्रम कार्यान्वयन समिती

जेष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिका २०६२

अध्यक्ष

30.

महिला तथा वालवालिका कार्यालय

सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई छुट र सुविधा दिने सम्बन्धि अनुगमन समिती

सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई छुट र सुविधा दिने सम्बन्धि कार्यविधी २०७१

अध्यक्ष

31.

महिला तथा वालवालिका कार्यालय

संयुक्त राष्ट संघ सुरक्षा परिषदको प्रस्तावन नं.१३२५ र १८२० राष्टिय कार्ययोजना जिल्ला समन्वय समिती

नेपालद्धारा निर्मीत संयुक्त राष्टसंघ सुरक्षा परिषदवाट पारित प्रस्ताव नं.१३२५ र १८२० राष्टिय कार्ययोजना

संयोजक

32.

महिला तथा वालवालिका कार्यालय

लैंगिक हिसां विरुद्ध जिल्ला स्रोत समुह

घरेलु हिसां एेन २०६६ तथा नियमावली २०६७

संयोजक

33.

जिल्ला कृर्षि विकास कार्यालय

मल आपुर्ति तथा वितरण व्यवस्था समितीको अध्यक्ष

अपांगता भएका व्यत्तिका लागि समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम संचालन निर्देशिका २०६६

अध्यक्षा

34.

जिल्ला कृर्षि विकास कार्यालय

जिल्ला खाद्य सुरक्षा सञ्जाल

नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली परियोजना संचालन कार्यविधी २०७०

अध्यक्ष

 

ख. सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिहरु

क्र.स.

सरकारी कार्यालय वा निकायको नाम

समिति/ उपसमिति

सम्बन्धित ऐन नियम कानुन अन्तर्गत

कैफियत

१.

महिला तथा बालबालिका कार्यालय

अपांगता परिचयपत्र सिफारिस समिति

अपांगता भएका व्यक्तिहरुको परियचपत्र वितरण निर्देशिका २०६५

 

२.

जिल्ला स्वास्थ्य कार्यालय

धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण समिति

धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०६५

 

५. यस कार्यालयबाट प्रदान गरिने सेवा शाखा लाग्ने दस्तुर अवधि र जिम्मेवार अधिकारी

५.१. सेवा शाखा लाग्ने दस्तुर अवधि र जिम्मेवार अधिकारी

क्र.स.

 प्रदान गरिने सेवा

शाखा

लाग्ने दस्तुर

अवधि

जिम्मेवार अधिकारी

१.

  • संघसंस्था दर्ता नविकरण गर्ने
  • हातहतियार खरखजाना दर्ता नविकरण नामसारी गर्ने
  • छापाखाना पत्रपत्रिका दर्ता गर्ने
  • विभिन्न किसिमका प्रमाणित गर्ने
  • विविध सिफारिस गर्ने
  • भुपु सैनिक पेन्सन सिफारिस गर्ने
  • कर्मचारीहरुको व्यक्तिगत विवरण अध्यावधिक गरी सुरक्षित राख्ने
  • हाजिरीको रेकड अपडेट गर्ने
  • कार्यालयको पालो पहरामा आवश्यक व्यवस्था मिलाउने
  • विवाहदर्ता गर्ने
  • कार्यालयको वैठकको प्रबन्ध मिलाउने
  • विभिन्न किसिमका चिठी पत्र तयार गर्ने
  • कार्यालय परिसरको सरसफाईको व्यवस्था मिलाउने
  • बजार अनुगमनको व्यवस्था मिलाउने
  • जिल्लास्थित कार्यालयहरुको हाजिरी पोशाक निरीक्षणको निर्देशन बमोजिम आवश्यक व्यवस्था मिलाउने

प्रशासन फाँट

ऐनमा व्यवस्था भएअनुसार

प्रमाण पुगेको सोही दिन

प्र.जि.अ./स.प्र.जि.अ.र फाँट हेर्ने नायव सुब्बा

२.

  • नयाँ नागरिकता वितरण गर्ने वंशज र वैवाहिक अंगीकृत नागरिकता
  • नयाँ लगत कायम गरी नागरिकता वितरण गर्ने
  • नावालक परिचयपत्र वितरण गर्ने

 

नागरिकता फाँट

रु १० को हुलाक टिकट

प्रमाण पुगेको सोही दिन

प्र.जि.अ./स.प्र.जि.अ.र फाँट हेर्ने नायव सुब्बा

३.

  • नागरिकताको प्रतिलिपी वितरण गर्ने
  • नामथर जन्ममिति संशोधन गर्ने
  • नागरिकताको अभिलेख उपलब्ध गराउने

नागरिकता प्रतिलिपी फाँट

रु.१० को हुलाक टिकट

प्रमाण पुगेको सोही दिन

प्र.जि.अ./स.प्र.जि.अ.र फाँट हेर्ने नायव सुब्बा

४.

  • राहदानी फाराम बुझने
  • राहदानी वितरण गर्ने
  • द्रुत सेवाको राहदानीको लागि सिफारिस गर्ने
  • राहदानीमा नागरिकता नम्वर जन्ममिति आदिको संशोधनको लागि सिफारिस गर्ने

राहदानी फाँट

व्यवस्था भए अनुसार

प्रमाण पुगेको सोहीदिन

प्र.जि.अ./स.प्र.जि.अ.र फाँट हेर्ने नायव सुब्बा

५.

  • सार्वजनिक अपराध मुद्धाको छिनोफानो गर्ने
  • हातहतियार मुद्धाको छिनोफानो गर्ने
  • नागरिकता रद्ध त्याग मुद्धाको छिनोफानो गर्ने
  • सवारी दुर्घटना मुद्धा सम्बन्धि कार्य गरी क्षतिपुर्ति दिलाउने भराउने सम्बन्धि कार्य गर्ने
  • ठाडो उजुरी सम्बन्धी कार्य गर्ने
  • कालोबजारी मुद्धा सम्बन्धी कार्य गर्ने
  • निम्न गुणस्तरीय खाध्य उत्पादन सम्बन्धी मुद्धा हेर्ने

मुद्धा फाँट

व्यवस्था भए अनुसार

छानविन कार्य पुरा भएपछि

प्र.जि.अ./स.प्र.जि.अ.र फाँट हेर्ने नायव सुब्बा

६.

  • कार्यालयको लेखा सम्बन्धि सम्पुर्ण कार्य गर्ने
  • विपद व्यवस्थापन द्धन्द्धपिडित आगलागि सम्बन्धि निवेदन लिने र क्षतिपुर्तिको लागि पहल गर्ने
  • राजश्व धरैटी सम्बन्धी कार्य गर्ने

लेखा फाँट

रु.१० को हुलाक टिकट

प्रमाण पुगेको सोही दिन

प्र.जि.अ./स.प्र.जि.अ.र फाँट हेर्ने नायव सुब्बा

५.२.आर्थिक वर्ष २०७३/०७४ को बार्षिक प्रगति विवरण

नाम जिल्ला प्रशासन कार्यालय दैलेख

क. प्रशासन शाखा

क्र.स.

कार्यको विवरण

संख्या आ.व.०७३/०७४

गत आ.व.को विवरण

१.

संस्था दर्ता

२१

१७

२.

नावालक परिचयपत्र

१९

३.

विवाह दर्ता

-

-

४.

ठाडो उजुरी

१०८

३९

५.

पत्रपत्रिका दर्ता

६.

छापाखाना दर्ता

-

-

७.

विविध सिफारिस

४३४५

५०२८

८.

तिब्बती शरणार्थीको परिचयपत्र नविकरण

-

-

९.

शरणार्थीको लागि यात्रा अनुमति पत्र सिफारिस

-

-


Per Page :
Loading स्वतः प्रकाशन ...
पछिल्लो अपडेट गरिएको : 2083-01-24 17:04:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दैलेख .