नागरिकता कुनै पनि राज्यको बैध नागरिक रहेको तथ्यलाई पुष्टि गर्न ब्यक्तीलाई राज्यले दिएको प्रमाण हो ।
राहदानीको निमित्त राजश्व दस्तुर कति लाग्छ ?
क) नेपालमा
अ) जिल्ला प्रशासन कार्यालयबाट नयाँ राहदानी बनाउदा वा राहदानी नविकरण गर्दा रु.५,०००/–
आ) द्रुत सेवामा राहदानी विभाग काठमाण्डौबाट राहदानी लिँदा रु.१५,०००/- शुल्क तिरेर एकै दिनमा राहदानी बनाउन सकिने छ त्यसै गरि रु.१२,०००/- शुल्क तिरेर फारम बुझाएको भोलिपल्ट पाईने र रु.१०,०००/- शुल्क तिरेर ३ दिनमा पाइने छ ।
इ)पुरानो राहदानी हराएकोमा वा राहदानीमा क्षति पुगी नयाँ बनाउनु पर्ने अवस्थामा थप दस्तुर रु.५,०००/– लाग्नेछ ।
ख) विदेशमा
हराएको वा राहदानीमा क्षति पुगी नयाँ बनाउनु पर्ने अवस्थामा
अ)यस प्रकारको रकम देश अनुसार फरक पर्ने हुँदा सम्बन्धित स्थानमा रहेको नेपाली राजदूतावासमा बुझ्नु होला ।
राहदानी तत्काल जरुरी परि द्रुत सेवामा बनाउनु परेमा राहदानी विभाग काठमाण्डौँमा आवेदन दिनु पर्दछ । यस्तो सेवा जिल्ला प्रशासन कार्यालय वा विदेश स्थित नेपाली नियोगहरुबाट प्राप्त गर्न सकिदैन ।
१. राहदानी विभागबाट द्रुत सेवाबाट एमआरपि लिन के गर्नु पर्छ ?
आफ्नो नागरिकता प्रमाणपत्र जारी भएको जिल्ला प्रशासन कार्यालयबाट वा बसाई सराई भएकोमा बसाई सराई भएको जिल्लामा अवस्थीत प्रशासन कार्यालयबाट प्रमाणित गरी राहदानी विभागमा आवेदन गर्न सकिन्छ । यसका लागि थप दस्तुर लाग्ने हुन्छ र प्राविधिक वा अन्य कारण भएमा बाहेक सामान्यत: आवेदन दिएको तेस्रो कार्यदिनमा राहदानी जारी गर्ने गरिएको छ ।
नागरिकता प्रमाणपत्र जुन जिल्ला प्रशासन कार्यालयबाट जारी भएको हो त्यही जिल्लाबाट प्रमाणित गरिन्छ । यसमा आवेदकको फोटो टाँसी त्यसमा सम्बन्धित अधिकारीको दस्तखत गरिएको हुन्छ । नागरिकता प्राप्त गरेको जिल्लाबाट बसाई सरेको अवस्थामा बसाईसराईको कागजात लिई हाल बसोबास गरेको जिल्लाबाट पनि प्रमाणीकरण गर्न सकिन्छ । नागरिकता प्रमणिकरण नभै राहदानी विभागमा आवेदन स्वीकार हुदैन ।
—राहदानीको लागि आवश्यक फाराम, फोटो लगाएतका विस्तृत विवरण विभागको वेबसाइट www.nepalpassport.gov.np मा अथवा मोबाईल एप्स ‘Nepal Passport’ डाउनलोड गरी हेर्न सकिनेछ ।
सावधानः राहदानी बनाउन प्रचलित कानूनमा उल्लिखित शुल्कको अतिरिक्त कुनै थप शुल्क तिर्नु पर्दैन, कसैले कुनै पनि वहानामा अनधिकृत रुपमा रकम मागेमा गोप्य रुपमा उजुरी दिन सकिनेछ । हुलाकबाट वा विभागको इ–मेल communication@ nepalpassport.gov.np मार्फतपनि यस्ता उजुरी गर्न सकिनेछ । विभागमा सेवा लिँदा नेपाल सरकारले तोकेको राजश्व रकम बाहेक कुनै थप रकम कसैलाई बुझाउनु पर्दैन । यस प्रकारको कुनै उजुरी भएमा सिधै देहायको ठेगानामा जानकारी गराउन सकिन्छ :–
श्री महानिर्देशक, राहदानी विभाग, नारायणहिटी, टेलिफोनः ०१–४४१६०१०,११,१२,१३,१४,१५,
ई–मेलः dg@nepalpassport.gov.np,वेभसाइटः www.nepalpassport.gov.np
नागरिकता बनाउँदा पेश गर्नु पर्ने कागजातहरु
|
बंशज |
विवाहित महिला |
अंगिकृत |
प्रतिलिपि |
कैफियत |
|
स्थानीय निकायबाट प्रमाणित अनुसूचि १ फाराम |
स्थानीय निकाय बाट प्रमाणित अनुसूचि १ फाराम |
स्थानीय निकायबाट प्रमाणित अनुसूचि ७ फाराम |
स्थानीय निकायबाट प्रमाणित सिफारिस |
|
|
बाबु वा आमा वा आफ्नो वंशतर्फ पर्ने तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र |
विवाह दर्ता प्रमाण, पति वा ससुराको नागरिकताको प्रमाण पत्र, माइती पट्टीको आमा वा बाबु वा दाजु वा भाइको नागरिकता प्रतिलिपि |
विवाह दर्ता प्रमाण पत्र, विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा, हुलाकको रसिद, त्याग गर्न निजले पेश गरेको प्रमाणित निवेदनको फोटोकापी, पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता पाउने व्यक्तिको शपथ ग्रहण |
हराएको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |
तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसंगको नाता खुल्ने नाता प्रमाणित पत्र |
|
जन्मदर्ता प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र |
जन्मदर्ता प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र |
प्रहरी मचुल्का, जन्ममिति प्रमाणित हुने कागज र शैक्षिक योग्यताको प्रमाण पत्र |
झुत्रो भएको हकमा सक्कलै नागरिकता समेत संलग्न राख्नु पर्ने छ । |
|
|
बाबु वा आमाको र छोराछोरीको ना.प्र.मा ठेगाना परिवर्तन गरि लिन चाहेमा बसाई सराईको प्रमाण पत्र |
पति, सासू वा ससूरा वा जेठाजु वा देवरमध्ये कसैको सानखत |
२ प्रति अटो साइजको फोटो |
२ प्रति अटो साइजको फोटो |
|
|
२ प्रति अटो साइजको फोटो |
२ प्रति अटो साइजको फोटो |
रु. १० को हुलाक टिकट |
रु. १३ को हुलाक टिकट |
|
|
रु. १० को हुलाक टिकट |
रु. १० को हुलाक टिकट |
|
नागरिकता सम्बन्धी प्रचलीत कानुन विपरीत नागरिकता लिएमा वा लिन उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई हुने दण्ड सजाय सम्बन्धी व्यवस्थाको जानकारी :
|
झुठो विवरण दिई विदेशीले नागरिकता लिएमा |
|
ऐनको दफा २१ को उपदफा (१) |
|
विदेशीलाई झुठो विवरणको आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत गरेमा वा सिफारिस गरेमा । |
|
ऐनको दफा २१ को उपदफा (२) |
|
झुठो वा किर्ते नागरिकताको प्रमाणपत्र खडा गरेमा वा सिफारिस गरेमा । |
|
ऐनको दफा २१ को उपदफा (३) |
|
नागरिकताको विवरण आफुखुसी सच्याएमा |
|
ऐनको दफा २१ को उपदफा (४) |
|
नेपाली नागरिकले झुठो विवरण दिनागरिकता प्राप्त गरेमा वा सच्चाईको विवरण झुठो प्रमाणित भएमा । |
|
ऐनको दफा २१ को उपदफा (५) |
|
ऐन तथा नियमावलिको बर्खिलाप कार्य गरेमा । |
|
ऐनको दफा २१ को उपदफा (५) |
|
कर्मचारीले बदनियतापूर्वक नागरिकता दिएमा वा विवरण सच्याएमा । |
|
ऐनको दफा २१ को उपदफा (६) |
|
ऐन बमोजिमको कसूर गर्न उद्योग गर्न वा मद्दत गर्ने व्यक्तिलाई । |
|
ऐनको दफा २१ को उपदफा (७) |
नाबालक परिचयपत्र बनाउन के के कागजात चाहिन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ मा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न १६ बर्ष उमेर पुग्नुपर्ने प्रावधान छ । १६ बर्ष उमेर पुरा नभएको व्यक्तिलाई आवश्यक परेको खण्डमा नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ । स्थानीय प्रशासन ऐन, २०२८ ले नाबालक परिचयपत्र प्रदान गर्ने साधिकार प्रमुख जिल्ला अधिकारीमा रहने व्यवस्था गरेको छ ।
नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्ति १६ बर्ष पुगेपश्चात् यो परिचयपत्र स्वतः निष्क्रिय हुन्छ ।
नेपाल नागरिकता नियमावली, २०६३ को नियम ९ मा नेपाली नागरिकता परित्याग गर्ने कार्यविधिसम्बन्धी देहायबमोजिम व्यवस्था गरिएको छः
(१) कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची-९ बमोजिमको ढाँचामा सूचना दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउनुपर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनुपर्नेछ।
(४) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूची-१० बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नुपर्नेछ र त्यसरी दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशि मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ । भन्ने व्यवस्था छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १६ मा कुनै कारणबाट कसैको नेपाली नागरिकता समाप्त भएमा नेपालको नागरिक रहेका बखत निजले गरेको कुनै कार्यको सम्बन्धमा निजको अधिकार, कर्तव्य र दायित्व त्यसरी नागरिकता समाप्त भएको कारणले मात्र लोप भएको मानिने छैन । भन्ने व्यवस्था रहेको हुँदा कुनै व्यक्तिको नेपाली नागरिकता समाप्त भएपश्चात् निजको अधिकार, कर्तव्य र दायित्व समाप्त हुँदैन ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ मा नेपाली नागरिकताको प्रमाणपत्रमा संशोधन गर्नेसम्बन्धी निम्नानुसारको व्यवस्था गरेको छः
(१) कनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपामा उल्लिखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गई वा नागरिकताको प्रमाणपत्रामा सानातिना त्रुटी भई सो विवरण सच्याउन चाहेमा आवश्यक प्रमाणसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “सानातिना त्रुटी” भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरणमा तात्विक अन्तर नपर्ने जस्तैः “कुमारी”, “देवी”, “बहादुर', “प्रसाद" जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटीलाई जनाउनेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेपछि सम्बन्धित अधिकारीले निजसँग भएको सबुत प्रमाण र आवश्यकताअनुसार साक्षी सरजमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।
(३) विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।
समाजमा अझै विद्यमान रहेको जातिगत संकिर्णताले गर्दा जातीय आधारमा आफूलाई हिनताबोध हुने एवं संकिर्णता जनाउने थर भएका व्यक्तिले बाबुको भन्दा फरक थर राखी नागरिकता प्रमाणपत्र माग गरेमा छानवीन गरी व्यहोरा मनासिब देखिएमा नागरिकताको प्रमाणपत्रमा नयाँ थर राखी वा थर सच्याई नागरिकताको प्रमाणपत्र दिने व्यवस्था छ । जसको लागि थर संशोधन गर्ने व्यक्तिले स्थानीय तहको सिफारिस साथै राखी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने साधिकार निकायमा संशोधन सहितको प्रतिलिपी नागरिकताको लागि निवेदन दिनुपर्दछ ।
पाल नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झुठ्ठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ । भन्ने व्यवस्था छ भने ऐ.को दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन । भन्ने व्यवस्था छ । त्यस्तै ऐ. को दफा १४ मा कुनै विदेशी व्यक्तिले झुठ्ठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ । भन्ने व्यवस्था छ ।
ऐ. ऐनको दफा २१ मा झुठ्ठा विवरण पेश गरी नेपाली नेपाली नागरिकताको प्रमाणपत्र लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा देहायबमोजिम सजायको व्यवस्था गरिएको छः
(१) कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।
(२) कनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(३) कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(४) कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफूखुशी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(५) दफा १२ बमोजिम झुठो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा १७ बमोजिम सच्याइएको विवरण झुठो प्रमाणित भएमा त्यस्तो झुठो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(६) नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी-जानी वा बदनीयत राखी यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रको विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारी उपर प्रचलित कानुन बमोजिम विभागीय कारवाही हुनेछ ।
(७) उपदफा (१), (२) र (३) अन्तर्गत सजाय हुने कसूर गर्न उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई सोही उपदफामा तोकिएको सजायको आधा सजाय हुनेछ ।
नेपालको संविधानको धारा ११(४) मा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ । भन्ने व्यवस्था रहेको छ भने ऐ.को धारा ११(५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानूनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ । भन्ने व्यवस्था छ ।