Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

शुक्रबार, असार ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्राे बारेमा

जिल्लाकाे संक्षिप्त परिचय

दैलेख जिल्ला नेपालको कर्णाली प्रदेशकाे एक जिल्ला हो । यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक, दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला, शीरस्थान, नाभिस्थान, पादुका, कोटीला, धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पञ्चकोशी तीर्थस्थलका नामले प्रसिद्ध क्षेत्रहरू रहेका छन् । भैगोलिक रूपमा विकट रहेता पनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ ।

भौगोलिक अवस्थिति

  • अक्षांस: २८.३५ डिग्री देखि २९.८ डिग्री उत्तर
  • देशान्तर: ८१.२५ डिग्री  देखि ८१.५३ डिग्री पूर्वमा
  • सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
  • क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
  • होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
  • अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)

 भूगोल

राजनैतिक हिसावले यस जिल्लालाई ११ स्थानीय तह (४ नगरपालिका र ७ गाउँपालिका)हरूमा विभाजित गरिएको छ। नदी तटदेखि हिमालयसम्म फैलिएको यहाँको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ ।

  • नदी निर्मित तट (५४४–१०००मि.),
  • मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
  • महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)

यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन् । मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसंख्या एवं बस्ती केन्द्रित छ ।
 
प्रशासनिक विभाजन

  • निर्वाचन क्षेत्र संख्या = २
  • स्थानीय तह  = ११

पछिल्लो अपडेट गरिएको : 2083-03-02 16:06:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दैलेख .