जिल्लाकाे संक्षिप्त परिचय

दैलेख जिल्ला नेपालको कर्णाली प्रदेशकाे एक जिल्ला हो । यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक, दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला, शीरस्थान, नाभिस्थान, पादुका, कोटीला, धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पञ्चकोशी तीर्थस्थलका नामले प्रसिद्ध क्षेत्रहरू रहेका छन् । भैगोलिक रूपमा विकट रहेता पनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ ।
भौगोलिक अवस्थिति
- अक्षांस: २८.३५ डिग्री देखि २९.८ डिग्री उत्तर
- देशान्तर: ८१.२५ डिग्री देखि ८१.५३ डिग्री पूर्वमा
- सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
- क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
- होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
- अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)
भूगोल
राजनैतिक हिसावले यस जिल्लालाई ११ स्थानीय तह (४ नगरपालिका र ७ गाउँपालिका)हरूमा विभाजित गरिएको छ। नदी तटदेखि हिमालयसम्म फैलिएको यहाँको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ ।
- नदी निर्मित तट (५४४–१०००मि.),
- मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
- महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)
यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन् । मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसंख्या एवं बस्ती केन्द्रित छ ।
प्रशासनिक विभाजन
- निर्वाचन क्षेत्र संख्या = २
- स्थानीय तह = ११