संघ संस्था नविकरण गर्न के-के कागजातहरु चाहिन्छन ?
- संस्था नविकणका लागी उक्त संस्थाको पत्र
- कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
- पान दर्ता प्रमाण पत्रको(PAN) प्रतिलिपि
- वार्षिक प्रतिवेदन
- साधारण सभाको निर्णय
- राजश्व बैंक दाखिला गरेको भौचर (नियमानुसार)
- कार्यसमितिको निर्णयको प्रतिलिपि
- लेखा परीक्षण प्रतिवेदन
- लेखा परीक्षकको ईजाजत पत्र, नविकरण पत्र समेत
- कार्यक्षेत्र संग सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिस पत्र
- संस्था दर्ता प्रमाण पत्र
- संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र
