राहदानीको हकमाः- राहदानी विभागबाट राहदानी तयार भइ कार्यालयमा प्राप्त भए पछि ।
नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन ।
सुल्क
जिल्लाबाट राहदानीको लागि रु. ५,०००।– ,
(नियमित रुपमा रु. ५,०००।– द्रुत सेवा रु. १०,०००।–)
हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– (तर विपदमा परी नष्ट भएको भए प्रहरी मुचुल्का ल्याएमा रु ५,०००।–)
राहदानी बनेर आइसकेपछि व्यक्तिगत त्रुटी भएमा रु. ५०००।-
राहदानी बनेको एक बर्षसम्म कार्यालयको तर्फबाट त्रुटी भएः निशुल्क तर एक बर्ष पछि रु. ५०००।-
जिम्मेवार कर्मचारी
दिक्पाल भट्टराई
गुनासो सुन्ने कर्मचारी
श्री सन्त बहादुर सुनार
१) फोटो टाँसी आवेदकले सही गरेको राहदानी आवेदन फाराम (तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ३ प्रति ।
२) नेपाली ना.प्र.पत्रको छायाप्रति १ प्रति र फोटो (फोटो तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ४ प्रति ।
३) नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकसंगको नाता प्रमाणित ।
४) १० बर्ष उमेर नपुगेकालाई रु. २५००।- र ५ बर्षको लागि मात्र राहदानी जारी गर्न सकिने ।
५) महिलाको हकमा संरक्षक र संरक्षकको ना.प्र.पत्रको छायाप्रति ।
६) अन्य जिल्लावाट जारी भएका नागरिकताका हकमा सम्वन्धित जिल्लावाटै अभिलेख माग गरी प्रक्रिया अगाडी बढाउन सकिने ।
७) दु्त सेवाका लागि नागरिकताको अभिलेख प्रमाणित हुने ।
८) नेपालबाट MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने ।
कोठा नं. ६ बाट कार्य सम्पन्न हुने । नेपाली नागरिकता लगायतका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।
2
नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकता
लाग्ने समय
प्रमाण पुग्नासाथ
सुल्क
नयाँ नागरिकताकाे लागि रु. १० को टिकट
प्रतिलिपि नागरिकताकाे लागि रू.१६ काे टिकट
जिम्मेवार कर्मचारी
बिष्णु कुमार थापा
गुनासो सुन्ने कर्मचारी
श्री सन्त बहादुर सुनार
(क) वंशज नेपाली नागरिकता प्रमाणपत्रः-
१)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम ।
२) वावुआमाको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति ।
३) हालसालै खिचिएकोे फोटो ४ प्रति ।
४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा जन्म दर्ता ।
५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने नाता खुल्ने एकाघरको व्यक्ति ।
६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता ।
७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा । आवश्यक परे अभिलेख माग गर्ने ।
८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत ।
९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र ।
१०) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
१) फोटो समेत प्रमाणित गरिएको अनुसूची–७ फाराम
२) विवाह दर्ता प्रमाण र सपथ पत्र
३) सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण तथा हुलाक रसिद ।
४) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र ।
५) हालसालै खिचिएकोे फोटो ४ प्रति ।
६) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
(ग) ना.प्र.प.को प्रतिलिपीः-
१) फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने)
२) हालसालै खिचिएकोे फोटो ४ प्रति । सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली प्रमाणपत्रको छायाप्रति ।
३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.प. को छायाप्रति र सनाखत,
४)अन्य जिल्लावाट विवाह÷बसाइसराइ गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र र साविक जिल्लाको अभिलेख
५) अभिलेख झुत्रो भै तथा फेला नपरेको हकमा अभिलेखको प्रकृती हेरी नयाँ जारी तथा पुरानो सक्कल ना.प्र.खिची प्रतिलिपी जारी हुने ।
६) संशोधन सहित प्रतिलिपी जारी गर्न पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु संलग्न हुनु पर्ने ।
७) नागरिकताको सामान्य संशोधन प्रचलित कानून अनुसार हुने ।
८) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
कोठा नं.२, ८,९, बाट कार्य सम्पन्न हुने ।
अावश्यक कागजातहरूमा लेखिएकाे बमाेजिम लिइ अाउनु पर्ने र प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।