Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dailekh

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dailekh

Friday, Shravan 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Short introduction of district

दैलेख जिल्ला नेपालको कर्णाली प्रदेशकाे एक जिल्ला हो । यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक, दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला, शीरस्थान, नाभिस्थान, पादुका, कोटीला, धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पञ्चकोशी तीर्थस्थलका नामले प्रसिद्ध क्षेत्रहरू रहेका छन् । भैगोलिक रूपमा विकट रहेता पनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ ।

भौगोलिक अवस्थिति

  • अक्षांस: २८.३५ डिग्री देखि २९.८ डिग्री उत्तर
  • देशान्तर: ८१.२५ डिग्री  देखि ८१.५३ डिग्री पूर्वमा
  • सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
  • क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
  • होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
  • अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)

 भूगोल

राजनैतिक हिसावले यस जिल्लालाई ११ स्थानीय तह (४ नगरपालिका र ७ गाउँपालिका)हरूमा विभाजित गरिएको छ। नदी तटदेखि हिमालयसम्म फैलिएको यहाँको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ ।

  • नदी निर्मित तट (५४४–१०००मि.),
  • मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
  • महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)

यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन् । मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसंख्या एवं बस्ती केन्द्रित छ ।
 

प्रशासनिक विभाजन

  • निर्वाचन क्षेत्र संख्या = २
  • स्थानीय तह  = ११


Last Updated : 2083-04-25 15:03:47

© All Rights Reserved to District Administration Office, Dailekh